मुग्लिन–नारायणगढ खण्डमा बस पल्टियो, ३८ जना घाइते


काठमाडौं – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेतिर सडकमै पल्टिएको थियो ।

लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।

प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।

बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ ।

प्रतिक्रिया