
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं – आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।
बिहान १० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको र बिहान साढे ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नालापानी युद्धमा सुबेदार दयाराम खड्काको योगदान सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को बारेमा छलफल हुनेछ ।



कागजपत्र |
