चुनावका बेला राष्ट्रिय झण्डाको प्रयोगमा सतर्कता अपनाउन कांग्रेसकाे सर्कुलर


काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको चुनावी समयमा राष्ट्रिय झण्डाको प्रयोगमा उच्च सम्मान र सतर्कता अपनाउन ५ बुँदे विशेष परिपत्र जारी गरेको छ।

कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले यो विशेष सर्कुलर जारी गरेका हुन्।

सर्कुलरमा उल्लिखित छ कि उम्मेदवार वा प्रचारकले पाखुरा, कम्मर वा घाँटीमा ज्याकेट जस्तो बनाइ झण्डा लगाउनु, झण्डा बोकेको देखिनु वा यसलाई सजावटका रूपमा प्रयोग गर्नु सम्मानको उल्लंघन हुने भएकाले यस्तो कार्य विल्कुलै नगर्न र अरूलाई पनि नगर्न दिने अनुमति नदिन चेतावनी दिइएको छ।

कांग्रेसले चुनावी प्रचारका क्रममा राष्ट्रिय प्रतीकहरूको सम्मान सुनिश्चित गर्न यो निर्देशन जारी गरेको बताएको छ।

618640930_878524868493724_6421964054108384531_n-1769410806.jpg

617703196_1603844127617154_300273972972520312_n-1769410806.jpg

प्रतिक्रिया