धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु


धनुषा- धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका-६ हरिपुर बस्ने ५५ वर्षीय चन्देश्वर महतोको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो ।

सोही ठाउँस्थित तरकारी बारीमा बाली जोगाउन करेन्ट प्रवाह गरी लगाएको तारबारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया