
राजीनामा दिएर सञ्चारमन्त्री खरेल ललितपुर-२ बाट चुनाव लड्ने
काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन्। मन्त्री खरेलले सोमबार साँझ पत्रकार सम्मेलन गरेर सार्वजनिक रूपमै राजीनामाको घोषणा गर्ने छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर–२ मा प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा रहेका खरेलले भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले मन्त्री पद छाड्न लागेका हुन्।



कागजपत्र |
