
मैले चार वर्ष काममात्रै गरें, अब बोल्नका लागि फुर्सदिलो भएको छुः बालेन
काठमाडौं — रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफू चार वर्षसम्म काममा मात्र लागेकोले मात्र कम बोलेको र अब बोल्नका लागि फुर्सद भएको बताएका छन् ।
सोमबार रास्वपाद्वारा जनकपुरमा आयोजित सभामा मैथलिमा सम्बोधन गर्दै बालेनले आफू एउटा महानगरमा रहँदा त कैंयौं स्थानीय तहलाई सहयोग गरेको बताउँदै काठमाडौं मात्र होइन ७५३ वटा स्थानीय तह नै बनाउनु पर्ने बताए ।
साथै उनले रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् ।



कागजपत्र |
