कांग्रेस नेता सुनिल शर्माले पाए मोरङ–३ बाट टिकट


काठमाडौं — नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ–३ बाट चुनाव लड्ने भएका छन् । उनले आज मात्रै मोरङ ३ को टिकट पाएका हुन् ।

विशेष महाधिवेशन पुगेर सम्बोधन समेत गरेका उनी नेतृत्व चयनको समयमा भने थिएनन् । उनी त्यही समयमा सानेपामा भएको बैठकमा पनि सहभागी थिए ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि उनी कांग्रेसीहरु जुटेर अगाडि बढ्नुपर्छ भन्दै अभिव्यक्ति दिँदै आएका थिए ।

प्रतिक्रिया