
आशिकाले पाइन् रास्वपाबाट टिकट, धादिङ-१ बाट उम्मेदवारी दिने
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नं. –१ मा आशिका तामाङलाई टिकट दिएको छ।
सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।
तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्। यो क्षेत्रमा यसअघि कमेडियन हिमेश पन्त उम्मेदवार थिए ।



कागजपत्र |
