देउवाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाए


काठमाडौं  –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। पार्टीभित्र जारी राजनीतिक घटनाक्रम र विशेष महाधिवेशनको सन्दर्भमा छलफल गर्न सभापति देउवाले दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

यसअघि सभापति देउवाले आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग समेत छलफल गरेका थिए। विशेष महाधिवेशनको वैधानिकता र पार्टीको आगामी रणनीतिका विषयमा कानुनी परामर्श लिएको बुझिएको छ।

सभापति देउवाको असहमतिकै बीच नेपाली कांग्रेसको विशेष महाधिवेशन हाल जारी छ। महाधिवेशनको बन्दसत्रमा पार्टीका दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन्।

प्रतिक्रिया