माघ ५ मा राजीनामा दिँदै बालेन


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् ।

बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए ।

‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रवि लामिछानेपछिको मर्यादासहित प्रधानमन्त्रीको उम्मेदवार बनेपछि बालेनले महानगर मेयरबाट राजीनामा दिने भएका हुन् ।

त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्ने गरी छलफलमा छन् ।

प्रतिक्रिया