कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी


काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी रहेको हो।

बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषयहरू तथा विशेष महाधिवेशनको बढ्दो दबाबका विषयमा गम्भीर छलफल हुने छ । पछिल्लो समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि पार्टीभित्र तिब्र विवाद उत्पन्न भएको छ ।

बैठकले महाधिवेशन, क्रियाशील सदस्यता विवाद र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर निर्णय लिने छ । बैठकलाई लिएर पार्टी पङ्क्तिमा उत्सुकता बढेको छ ।

प्रतिक्रिया