
कांग्रेसले जेनजी सहिदका बुवालाई बनायो समानुपातिक उम्मेदवार
काठमाडौं — नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा समानुपातिक सांसदको उम्मेदवार सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई समावेश गरेको छ।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा प्रहरीले गरेको गोलीकाण्डमा मृत्यु भएका धिरज श्रेष्ठका पिता नारायण श्रेष्ठ अब कांग्रेसको समानुपातिक सूचीमा रहेका छन्। श्रेष्ठलाई आदिवासी–जनजाति क्लस्टरमा समावेश गरिएको छ। उनी हाल काठमाडौंमै बसोबास गर्दै आएका छन्।
नारायण श्रेष्ठ वर्तमानमा जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष पनि हुन्।



कागजपत्र |
