राज्यले सुम्पिएको पटक–पटकको जिम्मेवारी स्वीकार्ने एउटा ‘सिपाही’-बालानन्द शर्मा


बालानन्द शर्मा । पछिल्लो परिचय जेनजी आन्दोलनपछि गठित सरकारका नवनियुक्त परराष्ट्र मन्त्री ।

प्रधामन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार पद तथा गोपनियताको शपथ लिएपछि मुलुकका नयाँ परराष्ट्रमन्त्री । जो करिब ४० वर्ष मुलुकको सिपाहीका रुपमा काम गर्दै सेनाको उच्चअधिकृतमा पुगेर अवकाश लिए ।

एउटा व्यक्तिले चालिसौं वर्षसम्म मुलुकका लागि काम गरिरहँदा पनि राष्ट्रप्रतिको दायित्व भूल्न सक्दैन भने त्यो नाम हो–बालानन्द शर्मा । पछिल्लो समय उनी क्राइसिस म्यानेजमेन्ट कलेजसँग आबद्ध थिए ।

सेनाबाट अवकाश लिइसकेपछि मुलुकले तत्कालिन समयमा भोगीरहेको १० वर्षे माओवादी हिंसालाई शान्तिमा रुपान्तरण गर्ने अभिभारा लिएका शर्मालाई सरकारले माओवादी सेनाका लडाकूको रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समिति सचिवालय संयोजकको भूमिका दिएको थियो ।

नेपाली सेनामा लामोसमय काम गरेर सेनाको मूल्य, मान्यता र नीति नियमसँगै बन्दुकमा समेत दक्ष रहेका शर्मालाई तत्कालिन सरकारले बन्दुककै सहायतामा शान्ति र अमनचयन ल्याउन खोजीरहेको विद्रोही लडाकूहरुको व्यवस्थापनको जिम्मा दिएको थियो । करिब ६ वर्षसम्म रहेको समायोजन प्रक्रियाले अन्ततः शर्माकै संयोजकत्वमा पूर्णता पाउन सफल भयो । १३ सय बढी लडाकूहरुले नेपाली सेनामा भर्ना पाए, अधिकांश स्वेच्छिक अवकाशमा गए । शर्माले लामो विद्रोहपछि वार्तामा आएको माओवादी लडाकूहरुको व्यवस्थापनको जस पाउने गरेका छन् ।

नेपालभर रहेका लडाकुहरुलाई ७ मुख्य शिविर र २१ सहायक शिविरहरुका क्यान्टोनमेन्टभित्रै राखेर हतियारसहित व्यवस्थापन गर्न सफल शर्मालाई पुनः सरकारले कोरोना महामारीको व्यवस्थापनका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को प्रमुख कार्यकारी अधिकृत अर्थात् सिइओको जिम्मेवारी सुम्पिएको थियो ।

उक्त कार्य पनि सफलता पूर्वक सम्पन्न गरिसकेपछि पुनः अध्यापनमा फर्किएका शर्माले अहिले परराष्ट्र मन्त्रालयको अभिभारा लिएका छन् ।

सेनाबाट अवकाश लिइसकेपछि त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास विभागमा प्राध्यापन गरेका शर्माले त्यसअघि सेनामा रहँदा संयुक्त राष्ट्र संघको शान्ति मिसनमा फोर्स कमाण्डरका काम गरेका थिए ।

मुलुकले दिएको हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका शर्माले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा सुस्त रहेको नेपालको सम्बन्धलाई चुस्त बनाउने अभिभारा लिएका छन् । हुन त, उनलाई प्रधानमन्त्री सुशीला कार्कीले आफूले प्रधानमन्त्रीको सपथ लिएकै दिन मन्त्री बनाउने प्रयास गरे पनि सफल भएकी थिइनन् । तर, मुलुकको कार्यकारी कार्कीले त्यसपछि लगातार रुपमा शर्मालाई आफूलाई प्रत्यक्ष नै सहभागी भएर सहयोग गर्नकै लागि गरेको आग्रहलाई नकार्न नसकेपछि अन्ततः परराष्ट्र मन्त्रीको रुपमा मुलुकलाई सेवा गर्ने अर्को जिम्मेवारी लिएका छन् ।

नेपाली सेनादेखि, माओवादी सेना समायोजन, सिसिएमसीको सिइओका साथै विभिन्न विश्वविद्यालयहरूको प्राध्यापनको जस्तै सफल बन्दै उनको कार्यकालमा मुलुकले कुटनीतिक क्षेत्र र अन्तराष्ट्रसँगको कुटनीतिक सम्बन्धमा उम्दा परराष्ट्रमन्त्रीको रूपमा इतिहास  लेख्न पाओस्, यही शुभकामना ! Best Wishes ! बाला सर !

र याे पनि…

राज्यले पटक-पटक पत्याएको एउटा ‘सिपाही’– बालानन्द शर्मा

प्रतिक्रिया