
कुपण्डोलमा रवि–बालेन छलफल जारी, सहकार्य कि छुट्टाछुट्टै बाटो ?
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल जारी छ।
ललितपुरको कुपण्डोलस्थित मेयर बालेन शाहका निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा केही बेरदेखि दुई नेताबीच भेटवार्ता भइरहेको स्रोतले जनाएको छ।
यसअघि केही दिनअघि रवि लामिछाने र बालेन शाहबीच करिब ६ घण्टा लामो छलफल भएको थियो। यद्यपि सो भेटवार्ताबाट कुनै ठोस सहमति ननिस्किएको बालेननिकट स्रोतले बताएको थियो।
आज बिहान मेयर बालेनले ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए। त्यसलगत्तै उनले रास्वपा सभापति रवि लामिछानेसँग छलफल थालेका हुन्। दुवै नेताबीच सहकार्य गर्ने कि छुट्टाछुट्टै राजनीतिक यात्रा तय गर्ने भन्ने विषय आजको भेटवार्ताबाट टुंगो लाग्ने निकट स्रोतहरूले जनाएका छन्।



कागजपत्र |
