प्रचण्ड भन्छन्– कालो बादल हट्छ, केही दिनमा नयाँ सरकार आउँछ


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालो बादल हटाएर नयाँ सरकार गठन गर्न लागिएको बताएका छन्।

शनिबार राजधानीमा कर्मचारीको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तीन पार्टीबीचको छलफलतिर संकेत गर्दै उनले भने,‘केपी ओलीको सरकार केही दिनमा नै जानेवाला छ, नयाँ सरकार आउँछ।’

देशलाई अप्राकृतिक रुपमा अघि बढाइएको र प्राप्त उपलब्धिलाई निमोठ्ने प्रयास भएको बताउँदै भने,‘यी सबै चिजलाई जोगाउनका निम्ति हामी प्रयत्नशील छौं, नयाँ सरकार बनेपछि रक्षा हुनेछ।’

प्रतिक्रिया