
एमाले महाधिवेशनको मतदान सम्पन्न, २२२७ मत खस्दा ३६ अनुपस्थित, केही बेरमै नतिजा !
काठमाडौं — नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएको छ ।
केन्द्रीय सदस्यकी उम्मेदवार उषाकिरण तिम्सिनाका अनुसार २२६३ मतदाता रहेकोमा अहिले बिहान साढे ६ बजेसम्ममा २२२७ मत खसेको छ । त्यस बाहेकको ३६ जना मतदाता अनुपस्थित रहेको जनाइएको छ ।
बुधबार बिहानदेखि जारी मतदान सुस्त गतिमा सम्पन्न भएको थियो । महाधिवेशनको मतदानका लागि ८० वटा विद्युतीय मतदान उपकरण प्रयोग गरिएको थियो । उक्त उपकरणबाट मतदान गर्दा कम्तीमा ९ मिनेटदेखि २ घन्टा ४ मिनेटसम्म लागेको जनाइएको छ ।
मतदानको नतिजा केही घन्टामै आउने पनि जनाइएको छ ।



कागजपत्र |
