
लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै उपाधि घर लगेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ८ ओभर ६ बलमा ४ विकेट गुमाउँदै ८६ रन बनाउँदै सहज जित हार पारेको हो ।
जारी सिजनमा कम ओभरमा लक्ष्य पूरा भएको यो पहिलो खेल हो । लिग चरणको खेलमा विराटनगर किङ्सले ११ ओभर ५ बलमा सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गरेको थियो
लुम्बिनीको जितका लागि ओपनर दिनेश अधिकारीले बिस्फोटक ब्याटिङ गरे । उनले १३ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४२ रन जोडे ।
कप्तान रोहितले दोस्रो सर्वाधिक १६ रन जोडे । ओपनर डी आर्सी सर्टले १४ रन जोडे । सन्दीप जोरा शून्यमै आउट भए । दिलिप नाथले अविजीत १ रन जोडे ।
ब्याटिङमा खराब प्रदर्शन गरेको सुदूरपश्चिम बलिङमा पनि कमजोर देखियो । कप्तान दीपेन्द्रले २ ओभर बलिङ गर्दा १ विकेट लिदै २९ रन खर्चस
स्कट कुगेलेइजनले २ ओभर गर्दा २२ रन खर्चिए भने विकेटविहीन रहे ।



कागजपत्र |
