
अध्यक्ष केपी ओलीले गरे एमालेको ११ औँ महाधिवेशनको उद्घाटन
काठमाडौं – नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु भएको छ। भक्तपुरको सल्लाघारी चौर अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।
ओलीले रिमोटबाटे झन्डोत्तोलन गरेर बन्दी बाल्दै महाधिवेशनको उद्घाटन गरे। झन्डोत्तलन गरेलगत्तै भिडियो देखाइएको छ ।
उक्त भिडियोमा जेन-जी प्रर्दशनका क्रममा जलेका र आगलागी भएका सरकारी संरचनाहरु देखाउँदै त्यो दिन एमालेले बिर्सन नसक्ने बताइएको छ । भिडियोमा भनिएको छ– ‘कामरेडहरु एकैछिन आँखा चिम्लनुहोस् जलेको हाम्रो न्यायको मन्दिर सम्झिनुहोस्, बलेको हाम्रो संसद् भवन सम्झनुहोस्, खरानी बनाइएको हाम्रो सिंहदरबार । भन्नुहोस् जलाएको सिंहदरबार, बिर्सेका छैनौं ।’
उद्घाटन कार्यक्रम सुरुवातमै उपमहासचिव प्रदीप ज्ञवालीले जेन–जी आन्दोलनको ठीक तीन महिनापछि एमाले शक्ति प्रदर्शनसहित महाधिवेशनको मैदानमा उत्रिएको बताए । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्यका लागि दलहरूका प्रतिनिधि, विभिन्न पेशागत संगठनका प्रतिनिधि पनि सल्लाघारी पुगेका छन् ।
आज उद्घाटन भएपछि बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ ।



कागजपत्र |
