काठमाडौं गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश


काठमाडौं –  एनपीएल-२  अन्तर्गत काठमाडौं गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।  फाइनल प्रवेशका लागि बिहीबार लुम्बिनीले विराटनगर किङ्‍गससँग खेल्नेछ ।

इलिमिनेटरमा खेलमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंसँग टस हारेर ११२ रनको सामान्य लक्ष्य पछ्याउँदै लुम्बिनी जवाफी ब्याटिङमा उत्रिएको थियो ।

काठमाडौंले दिएको लक्ष्य लुम्बिनी लायन्सले १७ ओभर ४ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । लुम्बिनीले ठीक ११२ रन बनायो ।

प्रतिक्रिया