
आजदेखि सर्वोच्चका सबै इजलास पूर्णरूपमा सञ्चालनमा आउने
काठमाडौं – सर्वोच्च अदालतले सोमबारदेखि सबै इजलास पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। गत भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेशी तोकेर सुनुवाइ गर्दै आएकोमा सोमबारदेखि थप ६ वटा इजलास सञ्चालनमा आउने जनाइएको छ।
जेनजी आन्दोलनपछि गत भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हुँदै आएको थियो। इजलास बस्ने ठाउँ अभावका कारण हाल सीमित मुद्दाको मात्रै पेशी तोकेर सुनुवाइ हुँदै आइरहेको छ। सोमबारदेखि सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुनेछ। संवैधानिक इजलास पनि नयाँ भवनमा हुने जनाइएको छ ।
सर्वोच्च अदालतमा हाल २१ न्यायाधीश छन् तर जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण पूर्णरूपमा इजलास सञ्चालन हुन सकेको थिएन। ५० प्रतिशत क्षमतामा मात्रै काम भइरहेको थियो।



कागजपत्र |
