खोटाङमा कुकुर मारेको आरोपमा एकजना पक्राउ


खोटाङ – खोटाङमा कुकुरलाई झुन्ड्याएर मारेको आरोपमा एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हलेसी तुवाचुङ नगरपालिका–२ का ४४ वर्षीय बाबुराम मगर शनिबार दिउँसो पक्राउ परेका हुन्।

प्रहरीका अनुसार स्थानीय जसकुमार राईको कुकुरले त्यही ठाउँका दलबहादुर राईलाई टोकेको घटना भएपछि बाबुराम मगरले “मेरो कुकुरले पनि कसैलाई टोक्ला” भन्ने डरले गत शुक्रबार आफ्नो कुकुरलाई झुन्ड्याएर मारेको स्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टका अनुसार मगरलाई आइतबार प्रहरी कार्यालयमा ल्याएर पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्दै म्याद थप प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया