जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा


काठमाडाैं- प्रचण्डको साथ त्यागेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका जनार्दन शर्मालाई आफ्नै गृहजिल्लामा कालो झण्डा देखाइएको छ। एक समय तामझामका साथ विमानस्थलमै स्वागत गर्न जुट्ने उनी निकटका कार्यकर्ताले यसपटक विमानस्थलको गेटमै कालो झण्डा देखाउँदै विरोध जनाएका हुन्।

आइतबार पार्टीगत कामका सिलसिलामा रुकुम पश्चिम पुगेका शर्मालाई सल्ले विमानस्थल अगाडिनै स्थानीय कार्यकर्ताले कालो झण्डा प्रदर्शन गर्दै असन्तुष्टि व्यक्त गरेका थिए।

शर्मा आज जिल्लास्थित पार्टी कार्यालयको उद्घाटन तथा भोलि हुने युवाहरूको कार्यक्रमका लागि गृहजिल्ला आएका हुन्।

प्रतिक्रिया