उज्यालो नेपाल पार्टीको घोषणापत्र: स्थिर सरकार, भ्रष्टाचारमा शून्य सहनशीलता [पूर्णपाठ]


काठमाडौं-  ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ।

बुधबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रमार्फत पार्टीले संविधान संशोधनका लागि सात बुँदे एजेन्डा अघि सारेको छ।

पार्टीले २०८२ सालको नवयुवा (जेनजी) विद्रोहको जगमा स्थापना भएको दाबी गर्दै विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्ने प्रस्ताव राखेको छ। यसका साथै पार्टीको प्राथमिक लक्ष्य सुशासन, समृद्धि र सामाजिक न्याय रहेको स्पष्ट गरिएको छ।

घोषणापत्रमा पार्टीले हालको शासकीय व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण असम्भव भएको निष्कर्ष निकाल्दै संविधानका केही महत्त्वपूर्ण धाराहरू संशोधन गर्नुपर्ने औँल्याएको छ।

उज्यालो नेपाल पार्टीले सात बुँदे संशोधन एजेन्डामा समावेश गरेको प्रमुख प्रस्तावहरू यस प्रकार छन्:

  • समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी निर्वाचन प्रणाली सुधार।
  • प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल व्यवस्था।
  • प्रदेशमा सांसद रहने व्यवस्था हटाएर ‘प्रदेश परिषद्’ निर्माण, जसले ऐन पारित गर्ने।
  • सङ्घीयताको अभ्यास कायम राख्दै प्रदेश र स्थानीय तहको संरचना तथा सङ्ख्या पुनरावलोकन।
  • सांसद नभएका विषय विज्ञहरूलाई मन्त्री बनाउन सकिने व्यवस्था, तर प्रमुख मन्त्रालयको जिम्मेवारी निर्वाचित सांसदले लिनुपर्ने।
  • न्यायपालिकामा दलीय हस्तक्षेप रोक्न न्यायपरिषद् पुनर्संरचना, र स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा सञ्चालन।
  • राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री निर्वाचित भइसकेपछि संसद्को आधा कार्यकाल सरकार सञ्चालन सुनिश्चित, एउटै निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक उम्मेदवार हुन नपाउने कडा व्यवस्था।
Skip to PDF content

 

प्रतिक्रिया