
गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य सीआईबीको नियन्त्रणमा
काठमाडौं- गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सीआईबीका एक अधिकारीका अनुसार शाक्यलाई प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसम्बन्धी अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो।
यसअघि सीआईबीले प्रभु बैंकका सीईओ शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो।
प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन र सञ्चालक कुसुम लामासहितका व्यक्तिहरूविरुद्ध रेमिट्यान्स कारोबार र धरौटीबापतको रकम भुक्तान नगरी देशभरका विभिन्न सहकारी संस्थालाई ठगी गरेको आरोपमा हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
गुण समूह रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यवसायिक भवन लगायतका क्षेत्रमा लगानी गर्दै आएको समूहको वेबसाइटमा उल्लेख छ।
गुण समूहका अध्यक्ष शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स हाल सञ्चालनमा छैन।



कागजपत्र |
