प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा एमालेद्वारा दायर रिटमा आज सुनुवाइ


काठमाडाैं – प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ।

बुधबार संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासमा उक्त सुनुवाइ हुन लागेको हो।

विघटित प्रतिनिधि सभाको एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंसिर १० गते रिट दायर गरेका थिए।

उक्त रिटमाथि आज सुनुवाइका लागि पेसी तोकिएको हो। यो रिटको सुनुवाइ अन्तिममा हुने भएको छ। अर्थात्, क्रम संख्या ‘छ’मा राखिएको हुँदा अन्य मुद्दाका सुनुवाइ गरिसकेपछि मात्रै यो रिटको सुनुवाइ हुनेछ।

प्रतिक्रिया