केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते


काठमाडौं – केशरमहलमा ड्युटीमा रहेको ट्राफिक प्रहरीलाई कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत हवल्दार पशुराम ठाकुर र कार चालक, काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका रहेका छन्।

प्रहरीका अनुसार मृतक अन्दाजी ३० वर्षीय पुरुष हुन्, जसको पहिचान अझै खुलिसकेको छैन। घाइते ट्राफिक प्रहरीले दुवै खुट्टा र छातीमा चोट पाएका छन्। उनको उपचार भइरहेको छ।

मृतकलाई बोल्न नसक्ने अवस्थामा अस्पताल पुर्‍याइएको थियो। घाइते सबैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो भने ट्राफिक प्रहरीलाई त्यहाँबाट रेफर गरेर प्रहरी अस्पताल महाराजगञ्जमा पुर्‍याइएको छ।

सडकमा भएको दुर्घटनामा बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कार केशरमहल चोकको दक्षिण गेटबाट केशरमहलतर्फ जाँदै गर्दा अनियन्त्रित भएको थियो।

प्रतिक्रिया