गोरखामा रोकिराखेको बस सडकबाट खस्दा २० जना घाइते


काठमाडौं-  गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुवाहक बस आइतबार दिउँसो दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार ना ४ ख १४१९ नम्बरको बस आँबुखैरेनी–गोरखा सडक खण्डको १२ किलो स्थानमा रोकिराखेको अवस्थामा केही तल खसेको हो।

प्रहरीका अनुसार बस रोकिरहेको ठाउँबाट केही मिटर तल मात्रै खसेको थियो। बसमा करिब २० जना यात्रु सवार रहेका थिए।

घाइतेमध्ये एक जनालाई चितवन लगिएको छ भने अन्य घाइतेहरूलाई स्थानीय अस्पतालमै उपचार गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया