
रास्वपासँगको एकतामा मिलन पाण्डे सहभागी नहुने
काठमाडौं- विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सहभागी नहुने भएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ। म यो एकीकरणमा सामेल छैन।”
पाण्डेले केही समय मौन बस्ने र त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने निर्णय पनि सार्वजनिक गरेका छन्। उनले भने, “अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु। आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ। विवेकशील पनि ‘स्वतन्त्र’ भयो।”
आजै रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण हुँदैछ। राष्ट्रिय सभागृहमा दिउँसो २ बजे एकता घोषणासभा आयोजना गरिनेछ।



कागजपत्र |
