यात्रुबहाक बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकको मृत्यु


काठमाडौं – सिन्धुलीको दुधौलीकाे गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पोखराबाट कटारितर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आज आइतबार बिहान करिब ३:२० बजे ठोक्किएका थिए ।

दुर्घटनामा सिन्धुलीको दुधौली नगरपालिका ३ बस्ने २५ वर्षीय महेश कुमरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई दुर्घटनास्थलबाट उद्धार गरेर उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएकोमा चिकित्सकले आज बिहान ४ बजेतिर मृत घोषणा गरेका थिए ।

सोही दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुर बस्ने अन्दाजी २५ वर्षीय दिपेश कुमर गम्भीर घाइते भएका छन् । उनलाई दुधौली नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि आज बिहान ६:५५ बजे थप उपचारका लागि बिराटनगरतर्फ पठाइएको छ ।

दुर्घटनास्थल प्रहरी चौकी हत्पतेबाट ३ किलोमिटर र इलाका प्रहरी कार्यालय डकाहाबाट करिब १० किलोमिटर पश्चिममा पर्दछ ।

प्रतिक्रिया