‘जेनजी आन्दोलनपछि राष्ट्रपतिसँग रातभर बस्ने काम केवल म र प्रचण्डले मात्रै गरेका थियौं’


काठमाडाैं- नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले जेन–जी आन्दोलनपश्चात् देशलाई स्थिरता दिन आफू र पुष्पकमल दाहाल प्रचण्डले मुख्य भूमिका निभाएको बताएका छन्।

कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले त्यतिबेला अन्य नेताको कुनै उपस्थिति नभएको बताए।

नेता नेपालले भने, “जेन–जी आन्दोलनपछि देशको भविष्य के हुनेछ भन्ने ठूलो अन्योल थियो। त्यस समयमा राष्ट्रपतिसँग रातभर बस्ने काम केवल म र प्रचण्डले मात्रै गरेका थियौं। अन्य पार्टीका नेताको अत्तोपत्तो थिएन। हामीले राष्ट्रपतिलाई विश्वास दिलायौं कि तपाईंको साथमा छौं।”

त्यसैगरी, उनले पार्टीले दलाली, ठेकेदारी, भ्रष्टाचार र अपराधिक प्रवृत्तिलाई अन्त्य गर्दै नेपालको राजनीतिलाई स्वच्छ बनाउने योजना बनाएको दाबी पनि गरे। नेता नेपालले नयाँ क्रान्तिकारी सोचको साथ पार्टीलाई अघि बढाइरहेको बताए।

प्रतिक्रिया