मकै लगाउने समयमा वर्षा नहुँदा धनकुटाका किसान चिन्तित


धनकुटा – यस वर्ष पर्याप्त वर्षा नभएपछि धनकुटाका मकै खेती गर्ने किसान चिन्तामा परेका छन् ।

चैतको महिनाको सुरुमा रोप्नुपर्ने भए पनि पानी नपरेपछि किसानले मकै रोप्न पाएका छैनन् । हिउँदका समेत वर्षा नभएकाले अन्य बाली नलगाएका किसान मुख्यबाली मकै लगाउने समयमा वर्षा नहुँदा चिन्तित छन् ।

पर्याप्त सिँचाईको सुविधा नभएको धनकुटाको लेगुवा, भिरगाउँ, तेलिया, तांखुवा, मौनाबुधुक, बसन्तटार लगायतका स्थानमा व्यावसायिक मकैखेती हुने गरेको छ ।

१३ हजार हेक्टरमा उत्पादन हुने मकै खेतीले जिल्लाको कुल खाद्यान्यमा ३५ प्रतिशत योगदान दिएको छ ।

प्रतिक्रिया