माइतीघरमा जेनजी युवाहरूको सरकार विरोधी प्रदर्शन


काठमाडौं- माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन्।

जेनजी आन्दोलनपछि बनेको सरकारले पनि उनीहरूको माग सम्बोधन गर्न नसकेको भन्दै प्रदर्शनकारीहरू माइतीघरमा उभिएर ब्यानर र पम्प्लेटसहित विरोध प्रकट गरेका हुन्।

प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका पम्प्लेट बोकेका थिए। तीमध्ये प्रमुख नाराहरूमा ‘सुशीलाको पाराले, दुःख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं’, ‘जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी’, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ आदि रहेका छन्।

 

प्रतिक्रिया