४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ


उदयपुर- उदयपुरमा ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-४ जतनपुर बस्ने २८ वर्षीय कुलबहादुर मगर रहेका छन् । उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

मगरले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया