
प्रतिनिधिसभा पुनर्स्थापनाकाे मागसहित एमाले दिएको रिट सर्वोच्चमा दर्ता
काठमाडौं- गत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले दायर गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। एमाले संसदीय दलका तर्फबाट पूर्वप्रमुख सचेतक महेश बर्तौला र पूर्वसचेतक सुनिता बरालले दायर गरेको रिट बुधबार दर्ता गरिएको हो।
सर्वोच्च अदालत प्रशासनले रिटको पहिलो सुनुवाइ मंसिर १७ गतेका लागि पेशी तोकेको छ। रिटमा राष्ट्रपति कार्यालय, अन्तरिम सरकार प्रमुख सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाइएको छ।
एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक भएको दाबी गरेको छ। पार्टीले कार्कीको नियुक्ति बदर गरी संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न आदेश दिन माग गरेको छ।



कागजपत्र |
