
टी–२० विश्वकप : नेपाल समूह ‘सी’ मा, सबै खेल मुम्बईमै
काठमाडौं- भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि नेपाल समूह ‘सी’ मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह सीमा रहेको स्पष्ट भएको हो।
समूह ‘सी’ मा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। त्यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया परेका छन्। समूह ‘बी’ मा अष्ट्रेलिया, श्रीलंका, आयरल्यान्ड, जिम्बाब्वे र ओमान छन् भने समूह ‘डी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई परेका छन्।
सार्वजनिक तालिका अनुसार नेपालका सबै खेल मुम्बईस्थित मैदानमा हुने छन्। नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ। दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग, तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा बंगलादेशसँग हुने तालिका आईसीसीले प्रकाशित गरेको छ।



कागजपत्र |
