
लुम्बिनी लायन्सले टस जितेर बलिङ रोज्यो
काठमाडौं- जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीच महत्वपूर्ण खेल हुँदैछ। लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने टस हारेको काठमान्डुले ब्याटिङ गर्ने भएको छ।
काठमान्डुको नेतृत्व करण केसीले गर्ने छन् भने लुम्बिनीको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले टोलीको नेतृत्व गर्दै मैदानमा प्रवेश गर्नेछन्। तीन खेल खेलिसकेको काठमान्डु र दुई खेल खेलेको लुम्बिनी दुवै टोलीसँग हाल समान दुई–दुई अंक छन्।



कागजपत्र |
