
महेश बस्नेत सुर्खेत पुग्नेबित्तिकै ‘जेनजी’ सडकमा, सुरक्षा बलको उपस्थिति बढ्यो
सुर्खेत- नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा ‘जेनजी’ समूहले प्रदर्शन गरेका छन्। राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बस्नेत मंगलबार बिहानै सुर्खेत आइपुगेका थिए।
कार्यक्रम वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समिति (डीसीसी)को सभाहलमा तय गरिएको संगठनले जनाएको छ।
बस्नेत सुर्खेत पुगेसँगै वीरेन्द्रनगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ। सम्भावित झडप र तनाव रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ।



कागजपत्र |
