
काठमाडौं उपत्यकाको कमान अब एआईजी ईश्वर कार्कीका हातमा
काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालयमा खाली रहेको प्रमुखको जिम्मेवारी अन्ततः नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई एआईजीमा बढुवा गर्ने र त्यससँगै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले कार्कीको बढुवा र पदस्थापनसम्बन्धी प्रस्ताव केही दिनअघि नै मन्त्रिपरिषदमा पेस गरेका थिए। सोमबार मन्त्री अर्याल भैरहवामा रहेका कारण उनको अनुपस्थितिमै बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव पारित गर्यो।
यसअघि डीआईजीका रुपमा कार्की कोसी प्रदेश प्रहरी प्रमुख थिए। उपत्यका प्रहरी कार्यालय कात्तिक २६ गतेदेखि प्रमुखविहीन बनेको थियो। तत्कालीन प्रमुख दानबहादुर कार्की आईजीपीमा पदोन्नति भएपछि राजधानी सुरक्षा कमान रिक्त रहँदै आएको थियो।



कागजपत्र |
