सुदूरपश्चिमले दियो कर्णालीलाई १४० रनको लक्ष्य


काठमाडाैं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले मध्यम स्कोर खडा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमाटस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हाे ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक रन बनाए । उनले २८ बलको सामना गर्दै २ चौका र १ छक्कासहित ३९ रनको महत्त्वपूर्ण पारी खेले।

मध्यक्रममा आरिफ शेखले २५ बलमा २७ रन जोडे भने ओपनर क्रिस लिनले २० बलमा १८ रनको योगदान दिए । सुदूर पश्चिमका ब्याट्सम्यानहरूले राम्रो सुरुवात पाए पनि ठूलो साझेदारी बनाउन नसक्दा स्कोर धेरै माथि पुग्न सकेन ।

कर्णाली याक्सका बलरहरूले कसिलो बलिङ गर्दै रोयल्सलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । कर्णालीका कप्तान सोमपाल कामीले आफ्नो ४ ओभरको स्पेलमा ३२ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए ।

यसैगरी, नन्दन यादव सबैभन्दा किफायती बलर रहे । उनले ३ ओभरमा मात्र ११ रन दिएर २ विकेट हात पारे। अन्य बलरहरू युनिष ठकुरी, विलियम बोसिस्टो र जिशन मक्सूदले पनि १-१ विकेट लिए।

प्रतिक्रिया