
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
काठमाडौं- नेपाल प्रिमियर लिगमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा विराटनगरले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।
विराटनगरका लागि बसिर अहमदले ३६ रनको योगदान गरे भने शुभम रन्जानेले ३७ रन जोडे । ओपनर लोकेश बम २८, मार्टिन गप्टिल १३ र जर्ज मन्सी १० रनमा आउट भए ।
जनकपुरका लागि सङ्गीथ कुरे र रूपेश सिंहले दुई-दुई तथा आदित्य महतोले १ विकेट लिए । टस जितेर जनकपुरले बलिङ रोजेको थियो ।



कागजपत्र |
