
काभ्रे कांग्रेस सभापति लामालाई पितृशोक
काठमाडौं — नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति तथा बागमती प्रदेशसभा सदस्य तीर्थ लामालाई पितृशोक परेको छ ।
लामाका बुवा केशरबहादुर तामाङको ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक सदस्यले जनाएको छ ।
स्वर्गीय तामाङको सोमबार अर्थात् मङ्सिर ८ गते बिहान ९ बजे रोशी–६,लेखपानीमा दाहसंस्कारको कार्य हुने पारिवारिक स्रोतले जनाएको छ ।



कागजपत्र |
