राजधानीमा आज नेकपा एमालेको ‘शक्ति प्रदर्शन’


काठमाडौं – नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो ।

यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।

एमालेका नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। यसअघि शुक्रबार पार्टीले ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गरेको थियो ।

प्रतिक्रिया