क्षेत्री ‘पुलिस अफ द मन्थ’ घोषित


काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी सहायक हवल्दार हरि बहादुर क्षेत्री कात्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।

अपराध अनुसन्धानमा देखाएको लगनशीलता, कर्तव्यनिष्ठा तथा प्रभावकारी भूमिकाको उच्च प्रशंसा गर्दै कार्यालयले ६ नम्बर पिल्लरमा कार्यरत उनलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो।

उनले आगामी दिनमा उपत्यकाको शान्ति–सुरक्षा तथा अपराध नियन्त्रणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिइएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया