बंगलादेश भूकम्प अपडेटः ३ जनाको मृत्यु २ सय बढी घाइते


ढाका – बंगलादेशमा ५.७ माग्निच्युडको भूकम्प गएको छ ।

मिडिया रिपोर्टअनुसार भूकम्प बिहान करिब १० बजेर ३८ मिनटमा गएको थियो ।

जर्मनको अनुसन्धान केन्द्र जिओसाइन्सेज (जीएफजेड) ले शुक्रबार दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा थियो ।

जसका कारण धेरै क्षेत्रमा झट्का महसुस भएको थियो ।

अमेरिकी भूगर्भीय सर्वेक्षणअनुसार भूकम्पको केन्द्रबिन्दु नरसिंगदी सहरमा थियो जुन राजधानी ढाकाबाट करिब ४० किलोमिटर टाढा छ ।

प्रारम्भिक रिपोर्टअनुसार यो भूकम्पबाट भूकम्पमा तीन जनाको मृत्यु भएको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन्।

समाचार एजेन्सी रोयटर्सको अनुसार भूकम्पका बेला ढाकाका भवनहरू हल्लिएका र केही कच्चा घरहरू ढलेका बताइएको छ ।

यसको झट्का भारतीय सहर कोलकातामा पनि महसुस गरिएको बताइएको छ ।

 

प्रतिक्रिया