मंसिर ७ मा एकता घोषणा गर्दै बाबुराम–जनार्दन र सन्तोष परियार


काठमाडौं – बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), तत्कालिन माओवादी केन्द्रका जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका प्रवक्ता सन्तोष परियार नेतृत्वको समूह लगायत समूहसँग एकता घोषणा हुने भएको छ ।

मङ्सिर ७ गते बृहत् एकता घोषणा सभाको तयारी गरिएको जनाइएको छ । राजधानीको राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि ल्याउने प्रयास जारी भइरहेको जनाइएको छ ।

नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच यसअघि नै एकता सहमति भइसकेको थियो ।

नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया