
काठमान्डुमाथि सुदूरपश्चिमको रोमाञ्चक जित
काठमाडौं- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले हरायो ।
जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरका सबै विकेटको क्षतिमा एक सय १८ रनमा समेटियो ।
दोस्रो सिजनमा सुखद सुरुवात गरेको सुदूरपश्चिमले पहिलो जितसँगै दुई अङ्क बनाएको छ । दुई खेल खेलेमा पहिलो काठमान्डुको पनि दुई अङ्क छ । यसअघि काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो ।



कागजपत्र |
