एनपीएल हेर्ने दर्शकका लागि निःशुल्क बस सेवा सुरु


काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेरेर फर्किने समर्थकका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ।

क्यानले बुधबार सामाजिक सञ्जालमार्फत युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा मुस्कान ट्राभल्ससँग सहकार्य गर्दै उक्त सेवा सुरु गर्ने जानकारी दिदै विशेषगरी आफ्नो सवारी साधन नभएका महिला, वृद्ध र अशक्तलाई प्राथमिकताका साथ सुविधा प्रदान गरिने उल्लेख गरेको छ।

सेवा तल्लो टीयू गेट र ल्याब स्कूलअगाडिबाट विभिन्न रुटमा सञ्चालन हुनेछ,

रुट–१ : टीयू गेट–स्वयम्भू–बालाजु
रुट–२ : टीयू गेट–स्वयम्भू–बालाजु–महाराजगन्ज
रुट–३ : टीयू गेट–बल्खु, कालीमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला–चाबहिल
रुट–४ : टीयू गेट–बल्खु, सातदोबाटो–कोटेश्वर

प्रतिक्रिया