वीरगन्ज नापी कार्यालयका अमिन र सहयोगी १ लाख घुससहित पक्राउ


वीरगन्ज- वीरगन्जस्थित नापी कार्यालयका दुई कर्मचारी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले वीरगन्ज–३ मा रहेको नापी कार्यालयका सर्वेक्षक (अमिन) प्रमोद राउत कुर्मी र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई मंगलबार कार्यालयमै पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार छुट्टै जग्गा दर्ता मिलाइदिने भन्दै दुई जनाले सेवाग्राहीसँग विभिन्न बहाना बनाइ १ लाख रुपैयाँ घुस मागेको जानकारी आयोगलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा निगरानी गरेको टोलीले सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिएको अवस्थामै उनीहरूलाई नियन्त्रणमा लिएको बताए।

पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा लगिएको र घटनाबारे विस्तृत छानबिन भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए।

प्रतिक्रिया