एनपीएलको पास नदिएको भन्दै त्रिवि उपकुलपति कार्यालयमा तोडफोड


काठमाडौं-  नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न पास नदिएको विषयमा असन्तुष्ट त्रिवि विश्वविद्यालय स्ववियु सदस्यले उपकुलपति दीपक अर्यालको कार्यालयमा तोडफोड गरेका छन्। घटना मंगलबार दिउँसो उपकुलपतिको कार्यकक्षमा भएको हो।

कार्यालयका कर्मचारीका अनुसार, तोडफोडमा स्ववियुमा निर्वाचित विद्यार्थीहरू सहभागी थिए। प्रहरीले घटना नियन्त्रणमा लिएर थप घटना रोक्ने प्रयास गरेको छ।

गत वर्ष पहिलो संस्करणको एनपीएलमा स्ववियु, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठन र सीमित नेताहरूलाई निःशुल्क टिकट र भीआईपी पास उपलब्ध गराइएको थियो।  नेविसंघले यस वर्ष निःशुल्क टिकट र पास नलिने निर्णय गरेको विज्ञप्तिमार्फत घोषणा गरेको छ।

 

प्रतिक्रिया