
सुनको मुल्य ३८०० रूपैयाँले घट्यो
काठमाडौं – मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य बढेर तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको हो ।
सोमबार सोही सुन तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा ३ हजार १५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको हो ।



कागजपत्र |
